२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बाटो भएको जग्गामा नभएको सिफारिश गर्ने सचिवसहित चार जनाविरुद्ध अदालतमा मुद्दा दायर

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने रु दुई लाख ७१ हजार ४२६ बराबरको भ्रष्टाचार गरेको जनाएको छ ।
आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध रु दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव रु एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध रु एक लाख १७ हजार २२८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने प्रयोगका लागि नायब सुब्बा पन्थीले रु पाँच हजार घुस मागेको अभियोग लागेको छ ।
यस्तै जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले धादिङ जीवनपुरको एक सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!