२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गोर्खा हस्पिटलमा एक्सरे गर्न आएकी महिलालाई पुरा नग्न बनाउने स्वास्थ्यकर्मी पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

दाङमा एक्सरे गर्न आएकी एक महिलालाई सबै वस्त्र खोल्न लगाई नग्न बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन् ।
आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै वस्त्र खोल्न लगाई एक्सरे गरेको आरोप लागेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए ।
‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नग्न बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो’ डिएसपी खड्काले भने ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको छ ।’
डिएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्धा चलाएर कानुनी कारवाही हुने जानकारी दिएका छन् । साभार रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।