२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा जबर्जस्ती डोजर चलायो

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको हो ।
जानकी गाउँपालिकाको भुगोलमा नेपालगन्ज उपमहानगरपालिले बिना जानकारी र परामर्श प्रहरी प्रयोग गरेर खेतमा डोजर प्रयोग गरेपछि तनाब बढेको हो । जानकी गाउँपालिका ३ काइन्द्रबाली धोबी, खेतमा आली लगाउँदै थिए एक्कासी डोजर आएर खेत भत्काउन थालेपछि एक्कासी झस्किए । त्यस्तै डाबुलिया पासी, सम्सुदिन सेख पनि खेतमा ब्यस्त थिए । नगरपालिकाले पारेकाे चट्याङले उनिहरूकाे ‘मानो छरेर मुरी उब्जाउने’ सपनामाथि बज्रपात भयाे । निरासा हुदै भने जनताको लागि भनेको सरकारले यसरी दुख दिन्छ सोचेकै थिएनौँ ।
ब्यक्तिको जग्गामा १७ औ धान दिवसको अबसरमा नेपालगन्ज उपामहानगरपलिकाले कुनैपनी सूचना प्रकाशि नगरी जानकि गाउपालिका वार्ड न ३ को नक्शा न ३ क मा रहेको जग्गामा डोजर लगाएको हो । उपमहानगरले जर्बजस्त डोजर चलाएपछि जानकी गाउँपालिकाका जनप्रतिनिधहरू समेत बिरोधमा उत्रिएका छन । प्रहरीको लाठ्ठी चार्जबाट एकजना महिला गुल्सान शेखको हातमा चोट लागेको जानकी गाउँपालिका वडा नं ३ का अध्यक्ष बिन्देस्वारी बर्माले जानकारी दिए ।
अध्यक्ष बर्माले उपमहानगरले जर्बजस्त गरे सहय नहुने बताए । उनले यस्तो रबैया निरन्तर चले बिवाद चर्किने चेतावनी समेत दिए । उक्त बिषयमा जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले पनि नगरपालिकाले समन्वय नगरेर जर्बजस्त गर्न नहुने बताएका छन । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्सेर राणासंग यो बिषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेकाे छैन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।