३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको सुरक्षाको लागि प्रदर्शन गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौं नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदर्शन गर्ने भएको छ । महासंघले आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीजी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी समस्या देखिएका सञ्चारगृहहरुमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा महासंघका उपलव्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकपछि महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन गराउने जस्ता जटिल समस्या देखिएको उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ
नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैंठक २०७७ असार १५ गते महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा विश्वव्यापीरुपमा फैलिरहेको कोरोना (कोभिड– १९) को संक्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर छलफल तथा समीक्षा भयो । विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन गराउने जस्ता जटिल समस्या देखिएको छ ।
यसै परिप्रेक्ष्यमा महासंघले श्रमजीवी पत्रकारको हकअधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको छ । आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसीमासहित बुझाएको अल्टिमेटमको समीक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रदर्शन गर्ने निर्णय भएको छ ।
साथै, समस्या देखिएका सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको छ । यस्तै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय समेत भएको छ ।
रमेश विष्ट
महासचिव
मिति : २०७७/०३/१५

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]