२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

को बन्ला नेपाल प्रहरीको नयाँ IGP लम्साल पहिलो थापा दोस्रो नम्बरमा

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

नम्बरमा एबिसी संचार काठमाडौं नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान पधेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए । ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।
नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् । हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।
प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् । थापाले एसपी हुँदा झापा, कास्की र धादिङ जिल्लाको कमान्ड सम्हालेका थिए । हाल उनी मानव स्रोत एवं प्रशासन विभागका प्रमुख छन् ।
यसैगरी, भावी प्रहरी प्रमुखको दाबेदारका रूपमा रहेका पालले डिएसपी रहँदा डडेल्धुरा र नुवाकोटको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की, रूपन्देही र धनुषाको कमान्ड सम्हालेका थिए । यस्तै, एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसीमा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । यसैगरी, पालले डिआईजी हुँदा प्रदेश २ को प्रहरी प्रमुख र विशेष ब्युरोलगायतमा नेतृत्व गरिसकेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुखका रूपमा कार्यरत छन् । प्रहरी निरीक्षक हुँदा वडा प्रहरी कार्यालय बौद्ध, धनगढी प्रहरी कार्यालय र राजधानीको भृकुटीमण्डपमा रहेको तत्कालीन नगर प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभव पालसँग छ । उनीसँग राजधानीभन्दा बढी बाहिरी जिल्लाको नेतृत्व गरेको अनुभव छ ।
थापा र पाल दुवै प्रहरी संगठनभित्र निष्कलंक छवि बनाएका प्रहरी अधिकारीका रूपमा चिनिँदै आएका छन् । दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका हुन् । यस बीचमा पाल दुई र थापा तीन देशमा मिसनमा समेत गएका छन् । पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थिए ।
प्रहरी संगठनभित्र थापालाई योजना बनाउन सक्ने, अनुभवी तथा जस्तासुकै परिस्थितिसँग नआत्तिने, बौद्धिक र परिपक्व अधिकृतका रूपमा लिने गरिन्छ । अर्का एआइजी पाल प्रहरीभित्र अप्रेसन, सहकार्य र कमान्डको नेतृत्वमा दक्ष मानिन्छन् । नयाँ आइजी नियुक्तिको मिति नजिकिँदै जाँदा सरकारले समेत सोबारे तयारी थालेको छ । सरकारका एक मन्त्रीले नयाँ महानिरीक्षक आउने प्रक्रिया स्वाभाविक भएको र यसपटक पहिले जस्तो फोहोरी खेलसमेत नहुने बताए ।
‘नयाँ महानिरीक्षक यसपटक एआइजीमध्येबाटै बन्ने पक्का छ, पहिले जस्तो फोहोरी खेल हुँदैन । व्यावसायिक प्रहरी अधिकृत नै महानिरीक्षक बन्नेछन्,’ ती मन्त्रीले राजधानीसँग भने ।
आइजिपीको दाबेदारका रूपमा रहेका एआइजी थापा र पाल दुवै संगठनको मर्यादा जोगाउँदै भावी नेतृत्वलाई स्विकार्ने बताउँछन् । ‘नेतृत्वमा जो आए पनि प्रहरी संगठनको साख र मर्यादालाई कम हुन दिँदैनौं । यो स्वाभाविक प्रक्रिया हो, संगठनको गरिमामा आँच आउने काम हुन दिन्नौं,’ आइजिपीका दाबेदार थापाले भने ।
अर्का दाबेदार पालले समेत संगठनको गरिमा र उचाइलाई बचाउने गरी आफूहरू अघि बढिरहेको बताए । ‘संगठनको उचाइ र गरिमालाई कम हुन दिँदैनौं । नेतृत्वमा जो आए पनि मिलेरै अघि बढ्ने हो,’ प्रहरी प्रमुखका दाबेदार एआइजी पालले भने ।
दुईमध्ये प्रहरी प्रमुखको नेतृत्वमा जो आए पनि उनीहरूको अवधि १८ वैशाख २०७९ सम्मका लागि हुनेछ । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!