०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नागरिकता विधेयकको बिरोधमा समाजवादी पार्टीको प्रदर्शन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

राहुल गुप्ता पर्सा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल संरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रर्दशन गरेको थियो। नेपाली पुरुषले भारतीय महिला संग बिवाह गरे अब ७ बर्ष पछि मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटी बेटीको सम्बन्ध रहेकाले यस सम्बन्धलाई बिगार्न खोजेको आरोप समेत लगाएका थिए। केन्द्रिय निदेर्शन अनुसार मंगलबार जसपाले स्वमिड्गपुल आदर्शनगरबाट निकालेएको जुलुस बिरगंज परिक्रमा गरि घन्टाघरमा पुगि कोणसभामा परिणत भएको थियाे।
कार्यक्रममा प्रदेश सभा सदस्य करिना बेगम , बीरगंज महानगरको नगर प्रमुख विजय सरावगी , केन्द्रीय सचिव सुरेन्द्र तिवारी , सदस्यहरू बाबुलाल यादव , शशिकपूर मियाँ , परमानंद चौधरी , सिपु तिवारी , मिनु ठाकुर , बरकतुल नेसा, रम्भा मिश्रा, प्रतिमा जोशी, पार्टी नेताहरू प्रेमबाबु पटेल, सुन्दर पटेल , उपाध्यक्ष मदन प्रसाद यादव ,खैरूद्दीन मियाँ ,रमेश प्रसाद यादव ,मुकेश द्धिवेदी, अनवर हुसैन , अयुब मियाँ , सलाउद्दीन मंसूरी, महानगर अध्यक्ष लियाकत अली , महानगर युवा अध्यक्ष राजु गुप्ता, युवा कोषाध्यक्ष अफरोज आलम , बीरगंज महानगर पालिका का वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, संतोष तिवारी , रियाज मियाँ ठकुराई , तुफैल अख्तर युवा नेताहरू आशुतोष चतुर्वेदी ,राकेश दुबे ,सौकत अली ,मुकेश वर्णवाल , जियाउल हक , नुर आलम , भुषाल चौरसिया , महसिन रजा ,विधार्थी नेताहरू मधुसूदन चौरसिया , सगिर अली , अफरोज, अंकित मिश्रा, महिला नेतृहरू प्रतिमा सिंह , संगीता दास , रेखा पासवान , लक्ष्मी साह , मिथिलेश सिंह , अमृता झा , लगायतको उपस्थिति रहेको थियोे ।जिल्ला अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रम को सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!