२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नागरिकता विधेयकको बिरोधमा समाजवादी पार्टीको प्रदर्शन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

राहुल गुप्ता पर्सा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल संरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको बिरोधमा बिरगंजमा प्रर्दशन गरेको थियो। नेपाली पुरुषले भारतीय महिला संग बिवाह गरे अब ७ बर्ष पछि मात्र नागरिक पाउने प्राबधान मधेस बिरुद्ध रहेको र सदिऔ देखि नेपाल भारतको रोटी बेटीको सम्बन्ध रहेकाले यस सम्बन्धलाई बिगार्न खोजेको आरोप समेत लगाएका थिए। केन्द्रिय निदेर्शन अनुसार मंगलबार जसपाले स्वमिड्गपुल आदर्शनगरबाट निकालेएको जुलुस बिरगंज परिक्रमा गरि घन्टाघरमा पुगि कोणसभामा परिणत भएको थियाे।
कार्यक्रममा प्रदेश सभा सदस्य करिना बेगम , बीरगंज महानगरको नगर प्रमुख विजय सरावगी , केन्द्रीय सचिव सुरेन्द्र तिवारी , सदस्यहरू बाबुलाल यादव , शशिकपूर मियाँ , परमानंद चौधरी , सिपु तिवारी , मिनु ठाकुर , बरकतुल नेसा, रम्भा मिश्रा, प्रतिमा जोशी, पार्टी नेताहरू प्रेमबाबु पटेल, सुन्दर पटेल , उपाध्यक्ष मदन प्रसाद यादव ,खैरूद्दीन मियाँ ,रमेश प्रसाद यादव ,मुकेश द्धिवेदी, अनवर हुसैन , अयुब मियाँ , सलाउद्दीन मंसूरी, महानगर अध्यक्ष लियाकत अली , महानगर युवा अध्यक्ष राजु गुप्ता, युवा कोषाध्यक्ष अफरोज आलम , बीरगंज महानगर पालिका का वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, संतोष तिवारी , रियाज मियाँ ठकुराई , तुफैल अख्तर युवा नेताहरू आशुतोष चतुर्वेदी ,राकेश दुबे ,सौकत अली ,मुकेश वर्णवाल , जियाउल हक , नुर आलम , भुषाल चौरसिया , महसिन रजा ,विधार्थी नेताहरू मधुसूदन चौरसिया , सगिर अली , अफरोज, अंकित मिश्रा, महिला नेतृहरू प्रतिमा सिंह , संगीता दास , रेखा पासवान , लक्ष्मी साह , मिथिलेश सिंह , अमृता झा , लगायतको उपस्थिति रहेको थियोे ।जिल्ला अध्यक्ष राजेश मान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रम को सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!