१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

नेपालगन्ज उद्योग वाणिज्यसंघले राहत सहयोग घोषणाको माग गर्दै आन्दोलन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघको मंगलबार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ
अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारद्वारा कोरोना महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई बजेटमार्पmत पर्याप्त सम्बोधन नगरेको र आगामी नेपाल राष्ट्र बैंकद्वारा जारी गर्ने मौद्रिक नीतिमार्पmत उद्योगी, व्यवसायीहरुका विभिन्न मागहरु (बैंक ब्याज छुट मिन्हा र सहुलियत आदि) लगायत सरकारबाट सम्बोधन हुन सक्ने सम्पूर्ण मागहरुका लागि सरकारलाई दबाव दिनका लागि आवश्यकता अनुसार आन्दोलनको कार्यक्रम बनाउने निर्णय गरेको हो ।
सोका लागि विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई आन्दोलनमा एक्यबद्धता जाहेर गर्न पत्राचार गर्नु, व्यवसायिक राहतका लागि नेपाल सरकारसँग माग गर्ने, नेपाल राष्ट्र बैंक लगायत (क) र (ख) वर्गका वाणिज्य बैंकहरुसँग समन्वय गरि यथाशिघ्र छलफल कार्यक्रम गर्ने सर्वसम्मतिले निर्णय गरिएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यले कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुको घरभाडा छुट, सहुलियत गर्न, गराउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घरमा व्यवसाय सञ्चालन गर्ने, व्यवसायीहरुलाई घरभाडा छुट गर्नका लागि सहमति र समझदारीका आधारमा छुट गर्ने सर्वसम्मतिबाट निर्णय गरेको छ ।
बैठकले संघद्धारा स्थापन गरिएको विपद व्यवस्थापन राहत कोषमाको हरहिसाव सार्जजनिक गरिएको छ । कोषाध्यक्ष हरिलाल न्यौपानेले पेश गरेको हरिहिसाव अनुमोदन गरिएको छ ।
बैठकले संघको विधानको परिच्छेद ५ को धारा (२७) को उपदफा (च र छ) बमोजिम विभिन्न समितिहरु गठन गर्ने सर्वसम्मतिले निर्णय गरेको छ । संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, संघका साधारण सदस्य प्रेमलाल श्रेष्ठको श्रीमती शोभा श्रेष्ठ विगत सात (७) महिना देखि प्राण घातक रोग क्यान्सर सँग जुधी रहेकोले कार्यसमितिका पदाधिकारी तथा सदस्यद्वारा व्यक्तिगत रुपमा ५१ हजार आर्थिक सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!