३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

दाङ प्रहरीले वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा तीन पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

सागर थापा
दाङ प्रहरीले मङ्गलबार दिउँसो दाङको शान्तीनगर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष फर्सराम डाँगीलाई कार्यालयमै गई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ घर भइ हाल तुलसीपुर ५ मासुमार्केट बस्ने बर्ष २९ का अर्जुन शाही, शान्तिनगर २ सिमसुन्दरपुरका ५१ बर्षिय इन्द्रबहादुर वली र वडा नम्बर ३ झलनेटीका ३८ बर्षिय रेशम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
कुटपिट गर्न गएका पाँचजना मध्ये तीन जनालाई मंगलबार राति शान्तिनगर २ स्थित जङ्गलबाट पक्राउ गरिएको सिंहले बताए ।
वडाअध्यक्ष डाँगीलाई उनिहरुले मङ्गलबार दिउँसो कार्यालयमै गई फलामको रड र काठको लाठीले शरीरको शंबेदनसिल अङ्ग टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
उनिहरुमाथी थप अनुसन्धान भइरहेको र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
घाइते डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी तुल्सीपुर प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!