१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

अपराधजन्य शक्तिलाई समाजबाट उन्मूलन गर्न पर्छ नेपाल प्रहरी IGP ज्ञवाली

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

रबिन शर्मा
ललितपुर प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताउनुभएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।
भवन उदघाटन पश्चात उहाँले भवन निर्माणमा विशेष योगदान पुर्याउने ७ जनालाई प्रशंसापत्र बितरण गर्नुका साथै नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व छ भन्नुभयो । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको उहाँले बताउनुभयो ।
कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने बताउनुभयो । आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको प्रहरी संगठनको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उहाँले यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको बताउनुभयो । साथै बिषम परिस्थितिमा पनि आम नागरिकको सेवा र सुरक्षाका लागि सबै सरोकारवाला निकायवीच आपसी एकता, धैर्यता र स्व-अनुशासन हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रविधिको विकास सँगसँगै समाजको गतिशिलता अनुसार नेपाल प्रहरीले आफूलाई परिवर्तन गर्दै लगेमा जनमुखी प्रहरी सेवा प्रवाहमा आफ्नो काम कारवाही गर्न सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
आधुनिकिकरणसँगै नेपाल प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताउनुभयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रहरी निरीक्षक ई. रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे उक्त भवन कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, समाजसेवी, बुद्धिजिबी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!