२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एसपी रानाको एक्सन किर्ते कागजात बनाएर बैंकको करोडौं पैसा लिकाल्ने पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

सागर थापा /महेन्द्र सिंह
बाँकेमा एसपी ओम बहादुर राना आए देखि दुई नम्बरी गर्ने हरुको सातो गएको छ । यस्तै राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका थप एक जना कर्मचारी पक्राउ परेका हुन् । बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । असार १२ गते नै बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । सुनचाँदी व्यवसायी जसगढलाई प्रहरीले जेठ २७ गते नै पक्राउ गरेको थियो ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जादा त्रिभुवनचोक शाखाका कर्मचारी तानिदै गएका छन् । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ । बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ ।
सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएको बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]