२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सल्यानबाट कैदीहरुलाई तुलसीपुर ल्याउन तयारीमा कैदीबन्दीहरुको आन्दोलन

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

एबिसी संचार
सल्यान जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
बुधबार बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन् । कैदीबन्दीले खरीद गर्न लगाएका सामग्री महंँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेकोलगायत विषयलाई लिएर कारागारभित्र नाराबाजी गरिएको जेलर बलबहादुर केसीले जानकारी दिए ।
‘शान्ति सुरक्षाको कारण देखाउँदै जघन्य अपराधको सजाय भोगिरहेकामध्ये पाँच जनालाई दाङको तुलसीपुर सरुवाको प्रक्रिया अगाडि बढिरहेकाले जान नचाहने समूहले आन्दोलन शुरु गरेको हो,’ जेलर केसीले भने । सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि सरुवा प्रक्रिया अगाडि बढाइएको जेलर केसीको भनाइ छ ।
छानबिन समितिले घटनाबारे प्रतिवेदन तयार पारेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि त्यसका आधारमा प्रक्रिया अगाडि बढाइने प्रमुख शिवराम पोखरेलले जानकारी दिए । हाल जिल्ला कारागार सल्यानमा ११३ कैदीबन्दी छन् । तीमध्ये ९३ पुरुष, १७ महिला र तीन नाबालक छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!