२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

सल्यानबाट कैदीहरुलाई तुलसीपुर ल्याउन तयारीमा कैदीबन्दीहरुको आन्दोलन

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

एबिसी संचार
सल्यान जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
बुधबार बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन् । कैदीबन्दीले खरीद गर्न लगाएका सामग्री महंँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेकोलगायत विषयलाई लिएर कारागारभित्र नाराबाजी गरिएको जेलर बलबहादुर केसीले जानकारी दिए ।
‘शान्ति सुरक्षाको कारण देखाउँदै जघन्य अपराधको सजाय भोगिरहेकामध्ये पाँच जनालाई दाङको तुलसीपुर सरुवाको प्रक्रिया अगाडि बढिरहेकाले जान नचाहने समूहले आन्दोलन शुरु गरेको हो,’ जेलर केसीले भने । सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि सरुवा प्रक्रिया अगाडि बढाइएको जेलर केसीको भनाइ छ ।
छानबिन समितिले घटनाबारे प्रतिवेदन तयार पारेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि त्यसका आधारमा प्रक्रिया अगाडि बढाइने प्रमुख शिवराम पोखरेलले जानकारी दिए । हाल जिल्ला कारागार सल्यानमा ११३ कैदीबन्दी छन् । तीमध्ये ९३ पुरुष, १७ महिला र तीन नाबालक छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!