२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बारामा चट्याङले ४ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

राहुल गुप्ता
बारामा बिहीबार बिहान चट्याङले गर्दा ४ जनाको ज्यान गएको छ । चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई प्रदेश न.२ सरकारले १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको आकस्मिक बैठक बस्दै प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने , बारामा बिहीबार बिहान चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएको दुखद खबर आउने बित्तिकै आकस्मिक बैठक बसेर मृतकका प्रत्येक परिवारलाई एक/एक लाख रुपैंया राहत स्वरुप दिने निर्णय भएको छ, मृतक सबैप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको थियो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिय आशादेवी महतो, ४५ वर्षिय हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षिय इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् । उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!