१३ जेठ २०८१, आइतबार
26-05-2024 , Sun
×

बाँकेको कोहलपुरमा बालकको हत्याको प्रयास एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

महेन्द्र सिंह
बाँकेमा शुक्रबार अपत्यारीलो घटना घटेको छ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयास गरीरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार निवासी ७ वर्षिय बालक रोमित थारुको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका हुन ।
बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडी रेटेर घाइते बनाएका थिए ।
घाइते बालकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको र चन्दलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो । सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ । साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम, सर्वद्वितीय एवम् सर्वतृतीय प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र […]