२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी सामुदायिक अध्यन केन्द्र प्रतापपुरद्वारा स्वास्थ सामाग्री बितरण

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

नन्दु यादव ,असार १९नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकि बेलाटारी ,वडा न ९काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्रका सचिव मुन्ना सिध्दिकि ले बताउनु भयाे । लुम्बिनी सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष गाेबिन्द पजियारकाे अध्यक्षता तथा प्रतापपुर शिक्षा शाखाकाे सयाेजक दधिराम शर्माकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।जस्मा मास्क १२००पिस ,सेनिटाईजर १००बाेतल ,साबुन ५००पिस र ग्लाेभ्स ८००पिस रहेकाे सस्थाले जनाएकाे छ ।साथै साबुन पानिले हात धाेअाै , सामाजिक दुरि कायम गराै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]