२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

राहुल गुप्ता, बारा असार १९, २०७७! शुक्रबार
नेपालमा प्रतिबन्धित औषधी पैठारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७७/०३/१९ गते बिहान अं.१०;१५ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० निलकण्ठवा स्थित सडकमा जिल्ला बारा कलैया उपमहानरपालिका वडा नं.१२ बस्ने अमिरका साह गोढको छोरा वर्ष २६ को अमलेश कुमार गोढ र ऐ.ऐ.वडा नं.१० बस्ने मोलाजिम मियाँको छोरा वर्ष ३० को सइद मियाँलाई भारतबाट प्र.नं.२-०३-००१प १६१८ नम्बरको मोटरसाइकलमा नेपालमा प्रतिबन्धित विभिन्न किसिमका औषधीहरू प्लाष्टिकको बोराभित्र राखी लुकाई छिपाई ल्याइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हुँदा निजहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद औषधी र मोटरसाइकल सहित औषधी व्यवस्था बिभाग बिरगंज,पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!