२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

राहुल गुप्ता, बारा असार १९, २०७७! शुक्रबार
नेपालमा प्रतिबन्धित औषधी पैठारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७७/०३/१९ गते बिहान अं.१०;१५ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० निलकण्ठवा स्थित सडकमा जिल्ला बारा कलैया उपमहानरपालिका वडा नं.१२ बस्ने अमिरका साह गोढको छोरा वर्ष २६ को अमलेश कुमार गोढ र ऐ.ऐ.वडा नं.१० बस्ने मोलाजिम मियाँको छोरा वर्ष ३० को सइद मियाँलाई भारतबाट प्र.नं.२-०३-००१प १६१८ नम्बरको मोटरसाइकलमा नेपालमा प्रतिबन्धित विभिन्न किसिमका औषधीहरू प्लाष्टिकको बोराभित्र राखी लुकाई छिपाई ल्याइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हुँदा निजहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद औषधी र मोटरसाइकल सहित औषधी व्यवस्था बिभाग बिरगंज,पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!