२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुरक्षा मापदण्ड अपनाएर यातायात सुचारु गर्न आग्रह

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
काठमाडौं राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँहरुले औंल्याउनुभयो।
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो।
उहाँले यातायात क्षेत्रमा पासकै कारण भएको झण्झट समाधान गर्नसमेत आग्रह गर्नुभयो।
राम्ररी यातायात नचल्दा सर्वसाधारणमाथि जोखिम बढिरहेको र मजदूरको रोजीरोटी गुम्ने खतरा आएको उहाँले बताउनुभयो।
बन्दाबन्दीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको अवस्थामा एउटा निकास दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
नेकपाकै ठगेन्द्रप्रकाश पुरीले बन्दाबन्दीका कारण सर्वोच्च र मातहतका अदालतबाट सीमित सेवा प्रवाह भइरहेकाले फिरादपत्र दिन पाउनेलगायत आवश्यक सेवा सञ्चालन गर्न माग गर्नुभयो।
सोही पार्टीका पर्शुराम मेघी गुरुङले वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रण नगरे मुलुकको प्रगति र उन्नति सम्भव नहुने जिकिर गर्नुभयो।
उहाँले कानूनी शासन नै आधुनिक लोकतन्त्र भएकाले सदाचारयुक्त कानून निर्माण गर्ने प्रमुख दायित्व विधायकको हो भन्नुभयो।
नेकपाकै सुमनराज प्याकुरेलले नेकपाका कार्यकर्तामाथि शृङ्खलाबद्ध आक्रमण भइरहेको र त्यसविरुद्ध उजुरी गर्दा प्रहरीमा जाहेरी नलिने अवस्था सिर्जना भएको छ भन्दै सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
बलात्कार र विभेद अन्त्य गर्न माग
नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले जातीय छुवाछूतको अन्त्य गर्ने कुरा संविधानको मौलिक हकमा स्पष्ट व्यवस्था रहे पनि दलितको अधिकार सुनिश्चित हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो।
उहाँले बलात्कारका घटना बढ्दो क्रममा रहेको र त्यसमा पनि दलित बढी पीडित बनेको उल्लेख गर्नुभयो।
“दुई वर्षमा चार हजार ९४० महिलाविरुद्धका घटना भएका छन्, त्यसमा तीन हजार ५०० भन्दा बढी जबर्जस्ती करणीका घटना भए, २६ वटा घटना बलात्कारपछि हत्या भएको र त्यसमा ३५ प्रतिशत दलित परेका छन्”, सांसद देवले भन्नुभयो, “यस्तो कारुणिक र क्रुर किसिमको आक्रमण दलितमाथि भएको छ, यसप्रति गम्भीर हुनुपर्छ।”
उहाँले दलितलाई आर्थिक रुपले मजबुत बनाउन तथा गरीब परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रम ल्याउनसमेत माग गर्नुभयो।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले मधेशी तथा दलित समुदायमा शोषण हुनेक्रम नरोकिएकामा चिन्ता प्रकट गर्नुभयो।
सोही पार्टीका प्रमिला कुमारीले सत्याग्रहमा बसेको व्यक्तिको मागलाई सम्बोधन गरी तिनको जीवनको रक्षा गर्न आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।