२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

श्रमजीवी पत्रकारहरु सडकमा पेशागत सुरक्षाका लागि ऐक्यवद्धता प्रदर्शन

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
काठमाडौं कोरोनाभाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । उहाँले कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । उहाँले पत्रकारलाई जागिरबाट निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ती समस्या समाधानका लागि महासंघ भोलिदेखि नै त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निष्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताउनुभयो ।
महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुँदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताउनुभयो । उहाँले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गराएर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवी पत्रकारको अधिकार स्थापित नभए महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो ।
महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकारहरुले हिजोको दिनमा देशको स्वतन्त्रताका लागि लडेको भन्दै आज कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडियाका मालिकलाई कुनै पनि बहानामा नछोड्ने धारणा राख्नुभयो ।
नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देलले कारोनाको बहानामा पत्रकारलाई मिडियाका मालिकहरुले सडकमा ल्याएको भन्दै श्रमजीवी पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै हैन मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले जनतालाई स–ुसूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताउनुभयो ।
प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवी पत्रकारका लागि आफ्नो संगठनले पटकपटक आवाज उठाउँदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउँदा महल बनाउने, घाटाको भागिदार श्रमजीवी पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको पारिश्रमिक दिन माग गर्नुभयो ।
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटी खोसेको भन्दै हिजो उहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो, आज कति छ, त्यसको छानविन हुनुपर्ने धारणा राख्नुभयो ।
क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढाले मिडियाका मालिकहरुले पत्रकारमाथि गरिएको श्रम शोषणका विरुद्र हिजोदेखि नै आफ्नो संगठन लागेको भन्दै महासंघको यस अन्दोलनमा ऐक्यवद्धता रहेको बताउनुभयो ।
प्रगतिशील पत्रकार संघ नेपालका पूर्वअध्यक्ष नारायण शर्माले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि बषौंदेखि आवाज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताउनुभयो ।
कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठकले जसरी मिडियाका मालिकहरुले श्रमजीवी पत्रकारलाई श्रमशोषण गरी सम्पत्ति कमाएका छन्, त्यसको पर्दाफास गर्ने बेला आएको बताउनुभयो ।
जनपत्रकार संगठनकी सचिव सिर्जना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहासदेखि भइरहेको भन्दै त्यसका बिरुद्ध कडा आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

error: Content is protected !!