१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दाङ देउखुरी जिल्ला अदालतद्वारा ३ महिनामा ६१ वटा मुद्धाहरु फैसला

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
दाङ देउखुरी जिल्ला अदालतले लकडाउनको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको छ । अदालत प्रशासनले पत्रकारहरुसंग छलफल गर्दै करिब तीन महिनाको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको हो ।
अदालतले भिडियो कन्फ्रेन्स मार्फत् २९ र ३२ वटा मुद्धा अदालतमा सहभागी भएर फच्र्यौट गरेको अदालतका न्यायधीश रितेन्द्र थापाले जानकारी दिनुभएको छ । यसअबिधमा अदालतले ७ वटा मुद्धाको सजाय निर्धारण गरेको छ ।
लकडाउनको समयमा सबै क्षेत्र ठप्प रहेको अबस्थामा अदालतले कार्य सञ्चालनलाई निरन्तरता दिएको छ । यस्तै लकडाउनको समयमा अदालतले ८३ वटा म्याद थप अनुमति तथा २ वटा म्याद थप अस्वीकार गरेको छ ।
त्यस्तै ५ जनालाई कैद बाफत्को रकम राख्न दिएको, ६ जनालाई बाल सुधार मार्फत् अभिभावकको जिम्मा लगाएको, ८ जनालाई उमेर अनुसारको कैद पुर्जी संशोधन गरेको र २ जनालाई जेष्ठ नागरिक अवधि घटाउने कार्य गरेको न्यायधीश थापाले जानकारी दिनुभएको छ ।
अदालतले ज्यान कसुरका १७, करणीका १४, सवारी कसुर ४, बन सम्बन्धी कसुर ९, बाल बिबाह सम्बन्धी ३, लागुऔषध २, गौवध २, नागरिकताको १, ठगीको २, अपमानको १, गर्भपतनको १, हातहतियारको १ र सरकारबादी ६३ तथा दुनियाबादी ८ मुद्धा हेरेको जनाएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!