०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

सरकारको एआईजी थापालाई प्रहरी महानिरीक्षक बनाउने तयारी

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । आगामी साता वस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी सरकारको छ ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् ।
यसअघि तत्कालिन सरकारले प्रहरीमा वरियता मिचेर तीन नम्वरमा रहेका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए । त्यो बेला एक नम्बरमा डिआईजी रहेका नवराज सिलवालमाथी सरकारले अन्याय गरेको उनको भनाई थियो । सिलवालको पक्षमा ओलीले संसदमा समेत आवाज उठाएका थिए भने पछि प्रतिनिधीसभाको उम्मेदवार समेत बनाएका थिए । हाल उनि प्रतिनिधीसभाको सदस्य छन् ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन् । उनिहरुले सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेको निकटस्थहरुको दावी छ ।
२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनिहरु प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।
थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।
त्यसैगरी पालले २ नम्बर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विशेष ब्युरोमा समेत लामो समय बसेर काम गरेको अनुभव छ । उनि हाल मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व समेत गरिरहेका छन् ।पालले सशस्त्र द्वन्द्वका बेला रोल्पा, रुकुम र डडेलधुरामा काम गरे। उनीसंग एसपी हुंदा रूपन्देही, धनुषा, कास्कीको प्रहरी प्रमुखका रुपमा काम गरेको अनुभव छ ।
प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रामबहादुर थापाले आईजीपी बनाउनेबारे छलफल गरेपनि उनले त्यसमा केही जवाफ नदिएको स्रोतको दावी छ । तर, प्रधानमन्त्री आफु निकटसंग भने एआईजी थापालाई नै महानिरीक्षक बनाउने बताइसकेका छन् । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए ।
पुर्व माओवादी समुहले काम गर्न सजिलो हुने भन्दै पाललाई आईजीपी बनाउन लविङ गरेपनि प्रधानमन्त्रीले भने वरियतामा अघि रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने बताइसकेका छन् । यति समुहका सोनाम शेर्पालगायतको समुह पाललाई प्रहरी महानिरीक्षक बनाउन लविङमा लागेको र सचिव महेश्वर न्यौपानेले थापालाई सहयोग गरेको भन्दै उनको सरुवा गर्ने कोशिस भएको बारेमा समेत प्रधानमन्त्री ओली जानकार छन् ।
उनले यो खेल भएको थाहा पाएसंगै गृहसचिव न्यौपानेसंग बालुवाटारमा लामो छलफल गरेका छन् ।
सत्तारुढ दल नेकपाभित्रको पछिल्लो रडाकोले पनि प्रधानमन्त्रीले गृहमन्त्री थापाको भनाई सुन्नुपर्ने बाध्यताको समेत अन्त भएको छ । प्रधानमन्त्री ओलीलाई समर्थन गरिरहेका थापा पछिल्लो समय नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालको समुहमा लागेका छन् ।
‘प्रधानमन्त्री वरियता नमिच्ने पक्षमा हुनुहुन्छ, अर्को हप्ता बस्ने मन्त्रीपरिषदको वैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गर्छ ।’ प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीलाई भन्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!