२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

किस्ता तिर्न नसक्ने भन्दै सार्वजनिक यातायात ब्यवसायीहरुले २२ गते बैंकलाई बिलबुक र चाबी बुझाउदै

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
म्लकाठमाडौं सरकारले लकडाउन खुकुलो बनाएको धेरै दिन भइसक्यो । ब्यापार ब्यवसाय सबै चलेका छन् । सरकारी कार्यालय पनि सञ्चालनमा छन् । वजारमा मानिसहरुको चहलपहल बढेको छ ।
तर सार्वजनिक यातायातका विषयमा सरकारले निर्णय लिन नसक्दा अरवौं लगानी डुब्ने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित हुन थालेका छन् । उनीहरुले आफुहरुको समस्याका बारेमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
लकडाउनको एक सय दिन नाघ्दा आफुहरुको बैंकमा लिएको ऋणको ब्याज बढ्दै गएको, किस्ता समेत तिर्न नसक्ने अवस्थामा आएको भन्दै ब्यवसायीले आपत्ति जनाएका हुन् । बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज बुझाउन बारम्बार दवाव दिइरहेको भन्दै ब्यवसायीले आउँदो असार २२ गतेदेखि सवारी साधनका ब्लुबुक र तालाचाबी बैंकलाई नै बुझाउने उद्घोष गरेका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । अब सवारी साधनको किस्ता र ब्याज बुझाउन नसक्ने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीको म्याद कम्तिमा ५ महिना नसारे बाध्य भएर तालाचाबी नै बुझाउने घोषणा गरेको छ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनीमा आवद्ध १४ सय सवारी साधनको यस्तै अवस्था रहेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले आफुहरुको समस्या प्रति सरकार मौन बसेकोमा आपत्ति जनाए । उनले प्रधानमन्त्री, मन्त्री वा सांसद कसैले पनि यातायातका समस्याबारे कुरै नउठाएकोमा दुःख ब्यक्त गरेका छन् ।
पृथ्वी राजमार्ग कम्पनीमा आवद्ध १४ सय सवारी साधनमा ५ अर्ब ७० करोडको लगानी रहेको र त्यो लगानीको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाकै भएको उनीहरुको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार शाहीले लकडाउनका कारण ३ लाख यात्रुबाहक सवारी, ६० हजार मालबाहक गाडी तथा ४० लाख मजदुरहरुको राजगारी गुमेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]