३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

IGP ज्ञवालीद्वारा नवलपरासी नवनिर्मित प्रवेशद्वारको उद्धाटन

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सागर थापा बुटवल असार २० नेपाल प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्घाहा स्थित प्रहरी युक्ति तालिम महाविधालयमा नवनिर्मित मुख्य प्रवेशद्वारको शनिबार एक कार्यक्रमका बिच उद्धाटन गरेका छन् ।
प्रहरी युक्ति तालिम महाविधालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सो रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ज्ञवालिले मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिकाले गरेको आर्थिक र भौतिक सहयोगको प्रशसा गर्दै आगामी दिनमा पनि तालिम महाविधालयको भौतिक पूर्वाधार विकासमा सहयोगका लागी नगरपालिकालाई आग्रह गरे । ज्ञवालिले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागी नेपाल प्रहरीले शान्ती सुरक्षा सङ्गै स्वास्थ्य सुरक्षा र सिमा व्यवस्थापनमा समेत अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । ज्ञवालिले प्रहरी युक्ति तालिम महाविधालय परिसरको अवलोकन गर्नुका साथै कमाण्डोहरुद्वारा देखाइएको ५५ फिट समेत निरीक्षक गरेका थिए । ज्ञवालिले प्रहरी तालिम महाविधालयमा तालिमरत प्रहरीको यातायात सहजताका लागी केहि दिनभित्रैम केन्द्रिय प्रहरी कार्यालयबाट बस उपलब्ध गराउन लागिएको जानकारी दिए । उक्त प्रहरी तालिम महाविधालयमा सञ्चालनमा ल्याउन लागिएको वाणिज्य बैंकको ATM सेवाको समेत प्रहरी महानिरीक्षक ज्ञवालिले निरीक्षण गरेका थिए ।त्यस्तै कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख क्षेत्रीले सुनवल नगरको सुशासन, पूर्वाधार विकास र कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी प्रहरी युक्ति तालिम महाविधालयले गरेको सहयोग प्रती आभार व्यक्त गरे । प्रहरी युक्ति तालिम महाविधालयका प्राचार्य बसन्त बहादुर कुवंरले प्रहरी महाविधालयको मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिका र स्थानियहरुद्वारा गरेको आर्थिक र भौतिक सहयोगका लागी धन्यवाद दिदै यहि असार २५ गतेबाट प्रहरी महानिरिक्षक पदबाट अवकाश पाउन लागेका ज्ञवालिलाई ३० वर्ष लामो समयसम्म प्रहरी सङ्गठनमा सिकेका ज्ञान, सीप र क्षमतालाई अन्य कुनै क्षेत्रमा उपयोग गर्दै सफल भविष्यको शुभकामना दिए ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष ज्ञानु ज्ञवाली, ५ न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक, संघिय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक कुमार आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्री, नगर उपप्रमुख दधिराम अर्याल, पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारि सागरमणी पाठक, लगाएत अन्य प्रहरी अधिकृतहरु सहभागी रहेको ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!