२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङ देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट ९ जना डिस्चार्ज

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

  1. बिदुर एमसी
    दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन अाइसोलेनमा उपचार पश्चात् उनीहरूलाई अाइसोलेसनबाट थप १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि डिस्चार्ज गरिएको अाइसोलेनमा कार्यरत अहेव रूपलाल पाण्डेले जानकारी दिएका छन् । शनिबार डिस्चार्ज हुनेमा ७ पुरूष र २ महिला रहेका छन् । जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ का १ जना महिला , गढवा गाउँपालिका वडा नम्बर १, ४ र ६ का ३ जना पुरूष, राप्ती गाउँपालिका वडा नम्बर २ का १ पुरूष र १ महिला, वडा नम्बर ५, ६ र ७ का १/१ जना पुरूष रहेका छन् । उनीहरू सवै २१ देखि ५९ वर्ष उमेरका रहेका छन् ।
    आइसोलेसनमा रहेका कुल ७७ जना विरामी मध्ये यस अघि असार १७ गते ८ जना डिस्चार्ज भए सँगै अव ६० जना विरामीको उपचार भइरहेको राप्ती गाउँपालिकाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!