०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

हजारौं नेपालीहरु बिदेशबाट नेपाल फर्किए

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ ।
यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति दोहा र आबुधाबी प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ ।
त्यसैगरी कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ । भोलि आइतबार पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!