२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

DIG सिंहको कार्वाही सुरु तस्करी बढेपछि पर्सा र बारामा धमाधम पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नमबर–२ महादेवपट्टिबाट २३ वर्षीय अविनाश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रिरहेको छ । लकडाउनका कारण भारतीय व्यापारीहरुसँग रहेको लाखौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरुबाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ । प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।
यसैगरी रौतहट प्रहरीले ईशनाथ नगरपालिका ३ स्थित एउटा ट्याक्टरमा भारत तर्फ लगीरहेको अवस्थामा ८ लाख मुल्य भन्दा बढीको बिभिन्न ब्राण्डका नेपाली मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजपुर बाट मठिया हुँदै ना५त २५५८ नम्बरको ट्याक्टरमा ८लाख ५२ हजार मुल्य बराबरको बिभिन्न ब्राण्डको मदिरा भारत तर्फ लगीरहेको अवस्थामा रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ निवासी सरोज पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय पथलैया पठाईने रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिनुयो । प्रदेश २ का प्रहरी प्रमुखको रुपमा डिआईजी धिरजप्रताप सिंहको आगमन पछि रौतहटमा तस्कर तथा हुण्डी कारोबारी माझ खैलाबैला मच्चिएको छ । त्यसैगरी प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले पर्सा र बारामा तस्करी फस्टाएको भनि जानकारी आईरहेकोले सो क्षेत्रका सिमा प्रहरी चौकीहरु हाम्रो निगरानीमा रहेको बताएका छन । र तस्करीमा संग्लनता भेटिए तत्काल कार्यवाही गर्ने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]