०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

राष्ट्रिय जनमोर्चा दाङले प्रतिस्ठानले कोरोना परिक्षणको शुल्क लिन

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

सागर थापा
दाङमा केही दिन यता जिल्लामा कोरोना भाइरस परिक्षणमा रु ५५०० पैसा लाग्ने भन्ने कुरा प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार भाइरस को परिक्षण र उपचार निशुल्क गर्ने बताइरहेको छ । यसैको नाममा राज्यको ठूलो धनराशि खर्च भएको कुरा पनि चर्चामा रहेको छ । यहि बेलामा सुल्कको कुराले नागरिकलाई त्रसित पारेको छ । जिल्लामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान र स्थानीय सरकारहरुको बिचमा एक आपसमा समन्वय नभएको जस्तो देखीएको छ । यस्तो विषय संचार माध्यम र नागरिक ले समेत थाहा नपाउने गरेर मिलाउनु पर्ने हो । यो विषयमा प्रतिस्ठान र स्थानीय सरकार गम्भीर बनेको देखीएन । एकातर्फ क्वारेन्टाइन र आइसोलेसनको राम्रो ब्यबस्थापन नगरेका कारण नागरिकमा धेरै गुनासाहरु आइरहेका छ्न । कतिपय क्वारेन्टाइनमा त्यहा बसेका सबै मानिस एक आपसमा घुलमिल भएर बसेका छ्न । त्यही घुलमिल भएको मान्छे मध्य कुनैको पोजेटिभ र कुनैको नेगेटिभ रिपोर्ट आएको छ । त्यही आधारमा नेगेटिभ लाई घरमा र पोजेटिभ लाई आइसोलेसनमा पठाउने गरिएको छ । पोजेटिभ र नेगेटिभ स्वाब संकलन गरेपछी साथै बसेको हुनाले त्यो नेगेटिभ रिपोर्ट आउने मानिस स्वाब संकलन पछि संक्रमीत भएको वा पोजेटिभ आउने मध्य बाट भाइरस सरेको पनि हुन सक्छ । त्यसको परिक्षण नगरी घरमा पठाउने गरिएको छ । यदि घरमा गएको मानिस संक्रमीत रहेछ भने उसले समुदायमा फैलाउदै हिडेको छ । यो बिषयमा सरकार गम्भीर भएको देखिदैन । यो कार्य प्रती हाम्रो पार्टी को गम्भी ध्यानाकर्षण भएको छ । उपचार र परिक्षणमा स्थानीय सरकार र प्रतिस्ठान बिचको अंतर्विरोध लाई पनि तत्काल समाधान गर्न जोड दिन चाहान्छौ । अहिले स्थानीय सरकार लाई क्वारेन्टाइन ब्यबस्थापन, राहात र भारतमा रहेका नेपाली नागरिक ल्याउदा धेरै लगानी लागेको छ । त्यसैले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भएको सम्पुर्ण खर्च र त्यसको राम्रो ब्यबस्थापनको लागि आबस्यक उपकरण र बजेटको ब्यबस्था गर्न केन्द्र सरकार शीत अनुरोध गर्न चाहान्छौ ।
मिति २०७७/०३/२१
गणेश आचार्य
अध्यक्ष

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!