२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङमा २९ जना जेल चलान

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन । बन्दाबन्दीको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्धामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापाले जानकारी दिएका छन । अदालतमा सवैभन्दा धेरै ज्यान सम्बन्धी कसूरका १७ वटा मुद्धा परेका छन् ।
त्यस्तै करणी सम्वन्धी १४ वटा, सवारी ज्यानका १० वटा, वन सम्वन्धी ९, बालविवाह कसूर ३, लागुऔषध,गौवध र ठगी सम्वन्धी २÷२ वटा र नागरिकता सम्वन्धी, अपमान जनक व्यवहार,गर्भपतन सम्वन्धी र हातहतियार खरखजना मुद्धा १÷१ गरी ६३ वटा मुद्धाहरु दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश थापाले जानकारी दिएका छन ।
४९ जना धरौटी तारिखमा छुटेका छन भने १२ जना साधारण तारिखमा छुटेको न्यायधीश थापाले जानकारी दिएका हुन् । उनका अनुसार २१ जना फरार रहेका छन भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्धाहरु मध्य ६१ वटा मुद्धाहरु फैसल्ला भएका छन । जस मध्य २९ वटा मुद्धाहरु भिडियो कन्फ्रेन्सिग प्रयोग गरिएको थियो ।
त्यसै गरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्धामा म्याद थप, ५१ मुद्धामा पक्राउ अनुमति र १ सय ११ मुद्धामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए ।अदालतमा यस आर्थिक बर्षको हालसम्म १ हजार १ सय ७१ मुद्र्धा फर्छयौट गरेको जिल्ला न्यायाधिश थापाले जानकारी दिएका हुन ।
फर्छयौट भएका मध्य ५ सय ८८ मुद्धाहरु जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्धाहरु यसैबर्ष दर्ता भएका मुद्धाहरु रहेका छन ।न्यायाधिश थापाका अनुसार अदालतमा गतबर्ष जिम्मेवारी सरेर आएका १ हजार २ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय १ मुद्धा रहेका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

error: Content is protected !!