३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

दाङमा २९ जना जेल चलान

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन । बन्दाबन्दीको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्धामा २९ जना जेल चलान भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापाले जानकारी दिएका छन । अदालतमा सवैभन्दा धेरै ज्यान सम्बन्धी कसूरका १७ वटा मुद्धा परेका छन् ।
त्यस्तै करणी सम्वन्धी १४ वटा, सवारी ज्यानका १० वटा, वन सम्वन्धी ९, बालविवाह कसूर ३, लागुऔषध,गौवध र ठगी सम्वन्धी २÷२ वटा र नागरिकता सम्वन्धी, अपमान जनक व्यवहार,गर्भपतन सम्वन्धी र हातहतियार खरखजना मुद्धा १÷१ गरी ६३ वटा मुद्धाहरु दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश थापाले जानकारी दिएका छन ।
४९ जना धरौटी तारिखमा छुटेका छन भने १२ जना साधारण तारिखमा छुटेको न्यायधीश थापाले जानकारी दिएका हुन् । उनका अनुसार २१ जना फरार रहेका छन भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्धाहरु मध्य ६१ वटा मुद्धाहरु फैसल्ला भएका छन । जस मध्य २९ वटा मुद्धाहरु भिडियो कन्फ्रेन्सिग प्रयोग गरिएको थियो ।
त्यसै गरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्धामा म्याद थप, ५१ मुद्धामा पक्राउ अनुमति र १ सय ११ मुद्धामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए ।अदालतमा यस आर्थिक बर्षको हालसम्म १ हजार १ सय ७१ मुद्र्धा फर्छयौट गरेको जिल्ला न्यायाधिश थापाले जानकारी दिएका हुन ।
फर्छयौट भएका मध्य ५ सय ८८ मुद्धाहरु जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्धाहरु यसैबर्ष दर्ता भएका मुद्धाहरु रहेका छन ।न्यायाधिश थापाका अनुसार अदालतमा गतबर्ष जिम्मेवारी सरेर आएका १ हजार २ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय १ मुद्धा रहेका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]