२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार
दाङ प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव धनबहादुर केसी र वडा नम्बर १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नम्बर १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्। पक्राउ परेका जिसी केटीका बुबा रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूले जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा पक्राउ परेका वडा सचिव केसी र खरिदार नेपालीले तत्कालीन समयमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
‘पक्राउ परेका वडा सचिवले २०५९ सालको जन्म मिति भएको पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं,’ प्रवक्ता खड्काले भने,‘पक्रउ परेका तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको छ।’
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो।
घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरीदारसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नावय उपरीक्षक खड्काले जानकारी दिए।
पक्राउ परेका वडा नम्बर १ का वडा सचिव वडा नम्बर १३ मा कार्यरत रहदा किर्ते गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो। मुलुकी अपराजध संहित २०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्धा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाएको प्रवक्ता खड्काले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]