०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नेपाल प्रहरीको नयाँ आइजीपीमा शैलेश थापा सिफारिस

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो ।
आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ । संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको छ । गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगत पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य(प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्यांकन गर्ने […]

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

error: Content is protected !!