१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जन्मकैदको आदेश

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस(६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षीय झलारीप्रसाद वर्मालाई सामूहिक बलात्कार गरेर हत्या गरेका थिए ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले पाँचैजनालाई जन्मकैदसँगै जनही ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।
अदालतले ३२ जेठमा फैसला गरेको हो । पाँचैजनाले हात, खुट्टा र टाउको समातेर, मुख थुनेर, पालैपालो बलात्कार गरेको र प्रहरीमा उजुरी गर्ने डरले हत्या गरेको,’ स्वीकार गर्दै बयान दिएका थिए । ज्वरो आएको र टाउको दुखेर उपचार गर्न कम्दीको शाहपूर्वास्थित रोहित गुप्ताको मेडिकलमा दिउँसो ४ बजे पुगेकी बुढा दुई बोतल सलाइन चलाएर घर फर्किँदै गर्दा ६ बजेतिर सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।
मेडिकलमा उपचार गरेर फर्किदै गर्दा एकान्त स्थानमा बुढालाई ५ जनाले दुई घण्टासम्म पालैपालो सामूहिक बलात्कारपछि हत्या गरेका थिए । अर्को दिन उनको शव अरहर बारीमा नांगो अवस्थामा भेटिएको थियो । मृतकको दायाँ खुट्टाको घुँडा मुनी र घाँटीमा सल र सुरुवालले बाँधेको, योनीबाट रगत बगेको अवस्थामा फेला परेको थियो ।
रातिको ८ बजे उनको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष ०७२÷७३ देखि अहिलेसम्म ५ वर्षको अवधिमा दुई सय ६ वटा जबरजस्ती करणीका मुद्दा दायर गरेको छ । यही अवधिमा जबरजस्ती करणी उद्योगका ९५ वटा मुद्दा दायर भए । बलात्कारका मुद्दा हरेक वर्ष बढ्दो क्रममा नै छन् ।
०७२÷७३ मा २६, ०७३र७४ मा ३९, ०७४र७५ मा ३५, ०७५र७६ मा ५६ र ०७६र७७ को १५ असारसम्म ५० वटा मुद्दा दायर गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना बलात्कारबारे प्रहरीमा जाहेरी परेपछि मुद्दा नै दायर हुने बताउँछन् । उनी भन्छन्, ’प्रहरीमा जाहेरी परेपछि मिलापत्रको कुनै गुञ्जायस नै हुँदैन । मुद्दा प्रक्रियामै जान्छ ।’ बलात्कार भएको भन्ने जाहेरीकर्ताले अदालतमा बयान भने फेर्ने गरेर मुद्दालाई कमजोर बनाउने गरेको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]