२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जन्मकैदको आदेश

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस(६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षीय झलारीप्रसाद वर्मालाई सामूहिक बलात्कार गरेर हत्या गरेका थिए ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले पाँचैजनालाई जन्मकैदसँगै जनही ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।
अदालतले ३२ जेठमा फैसला गरेको हो । पाँचैजनाले हात, खुट्टा र टाउको समातेर, मुख थुनेर, पालैपालो बलात्कार गरेको र प्रहरीमा उजुरी गर्ने डरले हत्या गरेको,’ स्वीकार गर्दै बयान दिएका थिए । ज्वरो आएको र टाउको दुखेर उपचार गर्न कम्दीको शाहपूर्वास्थित रोहित गुप्ताको मेडिकलमा दिउँसो ४ बजे पुगेकी बुढा दुई बोतल सलाइन चलाएर घर फर्किँदै गर्दा ६ बजेतिर सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।
मेडिकलमा उपचार गरेर फर्किदै गर्दा एकान्त स्थानमा बुढालाई ५ जनाले दुई घण्टासम्म पालैपालो सामूहिक बलात्कारपछि हत्या गरेका थिए । अर्को दिन उनको शव अरहर बारीमा नांगो अवस्थामा भेटिएको थियो । मृतकको दायाँ खुट्टाको घुँडा मुनी र घाँटीमा सल र सुरुवालले बाँधेको, योनीबाट रगत बगेको अवस्थामा फेला परेको थियो ।
रातिको ८ बजे उनको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष ०७२÷७३ देखि अहिलेसम्म ५ वर्षको अवधिमा दुई सय ६ वटा जबरजस्ती करणीका मुद्दा दायर गरेको छ । यही अवधिमा जबरजस्ती करणी उद्योगका ९५ वटा मुद्दा दायर भए । बलात्कारका मुद्दा हरेक वर्ष बढ्दो क्रममा नै छन् ।
०७२÷७३ मा २६, ०७३र७४ मा ३९, ०७४र७५ मा ३५, ०७५र७६ मा ५६ र ०७६र७७ को १५ असारसम्म ५० वटा मुद्दा दायर गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना बलात्कारबारे प्रहरीमा जाहेरी परेपछि मुद्दा नै दायर हुने बताउँछन् । उनी भन्छन्, ’प्रहरीमा जाहेरी परेपछि मिलापत्रको कुनै गुञ्जायस नै हुँदैन । मुद्दा प्रक्रियामै जान्छ ।’ बलात्कार भएको भन्ने जाहेरीकर्ताले अदालतमा बयान भने फेर्ने गरेर मुद्दालाई कमजोर बनाउने गरेको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]