२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना हुने

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँके स्थानीय प्रशासनले बाहिर हिड्दा मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको बताउनुभयो । ‘मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रुपैया जरिवाना गर्ने तयारीमा छौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘पर्सीबाट यो निर्णय लागु हुन्छ ।’
कोरोनाको जोखिम रहेकै बेला नेपालगञ्जमा सावधानी अपनाएको देखिदैन । बजारमा हिड्ने धेरैजसोले मास्क लगाएको पाइदैन । गृहमन्त्रालयले नै मास्क नलगाई हिड्नेलाई कारबाही गर्ने नीति अघि सारेपछि बाँके प्रशासनले ठाउँको ठाउँ जरिवाना गर्ने तयारी गरेको हो ।
सरकारले भीडभाड र सामाजिक दुरी कायम नहुने भन्दै यात्रुवाहक सवारी साधन, होटल रेष्टुरेन्टहरु खोल्न दिएको छैन । बजारमा हिड्नेलाई पनि सामाजिक दुरी कायम गर्न, मास्क लगाउन भनिएको छ । नेपालगञ्जमा भने त्यसको पालना गरेको देखिदैन ।
बाँकेमा आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् । यद्यपि, फाटफुट रुपमा कोरोना देखिन छोडेको छैन । मान्छेको मनमा कोरोनाको डर हराउँदै गएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले हावाबाट कोरोना सर्ने चेतावनी दिइरहेको बेलामा बाहिर हिड्दा मास्क लगाउनु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!