३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

शुक्रबारदेखि सार्वजनिक बस संचालन गर्न दिने सरकारको निर्णय

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

एबिसी संचार
काठमाडौं सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो । उपत्यका बाहिर सम्बन्धित जिल्लामा मात्रै सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक र सहचालकले मास्क, स्यानिटाइजर र ग्लब्स प्रयोग गर्नुपर्ने छ । त्यस्तै सिटको लहरमा एक जना मात्रै राख्नुपर्ने ब्यवस्था भएको मन्त्रीखतिवडाले जानकारी दिनुभयो । मन्त्री खतिवडाले दिनुभएको जानकारीअनुसार सार्वजनिक यातायातमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लाग्ने छ । यो निर्णय शुक्रबारबाट लागू हुनेछ । सरकारले ट्याक्सी सञ्चालनको अनुमति पनि दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!