०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

घुस्याहा अभियुक्तले अख्तियारको हिरासत खचाखच भरियो

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।
१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!