२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

वडा नम्बर २ को तीन बर्षिय समिक्ष

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले तीन आर्थिक बर्षमा वडा कार्यालयबाट भए गरेका कामहरुको बारेमा शुक्रबार जानकारी गराएको छ । कार्यालयले समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा भएका कामहरुको बारेमा जानकारी गराएको हो ।
वडाअध्यक्ष सुनिलसिंह हमालका अनुसार, सडक निर्माण, तालतलैयाको व्यवस्थापन, वडालाई सौन्दर्यकरण गर्ने सवालमा प्रभावकारी काम भएको उहाँको भनाइ छ । राजश्वका दरभन्दा दायरालाई बढोत्तरी गर्ने वडाको नीतिअनुसार, वडाको राजश्य संकलनको हिसावले अन्य वडा भन्दा अग्रस्थानमा रहेको पनि उहाँले बताउनुभयो ।
वडा कार्यालयले विभिन्न ठाउँमा खानेपानी समस्या भएका व्यक्तिहरुलाई धारा, ह्याण्डपम्प जडान गर्ने काम भएको बताउनुभयो । वडामा काम गर्न सहज होस् भन्ने उद्देश्यले वडाभित्र आमा समूह, बालक्लव, युवा क्लव, ज्येष्ठ नागरिक क्लवजस्ता समूह गठन गरी सोही अनुसार काम अगाढी बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
सोही अवसरमा वडा कार्यालयले रक्तदान समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर रक्त सन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]