२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

वडा नम्बर २ को तीन बर्षिय समिक्ष

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले तीन आर्थिक बर्षमा वडा कार्यालयबाट भए गरेका कामहरुको बारेमा शुक्रबार जानकारी गराएको छ । कार्यालयले समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा भएका कामहरुको बारेमा जानकारी गराएको हो ।
वडाअध्यक्ष सुनिलसिंह हमालका अनुसार, सडक निर्माण, तालतलैयाको व्यवस्थापन, वडालाई सौन्दर्यकरण गर्ने सवालमा प्रभावकारी काम भएको उहाँको भनाइ छ । राजश्वका दरभन्दा दायरालाई बढोत्तरी गर्ने वडाको नीतिअनुसार, वडाको राजश्य संकलनको हिसावले अन्य वडा भन्दा अग्रस्थानमा रहेको पनि उहाँले बताउनुभयो ।
वडा कार्यालयले विभिन्न ठाउँमा खानेपानी समस्या भएका व्यक्तिहरुलाई धारा, ह्याण्डपम्प जडान गर्ने काम भएको बताउनुभयो । वडामा काम गर्न सहज होस् भन्ने उद्देश्यले वडाभित्र आमा समूह, बालक्लव, युवा क्लव, ज्येष्ठ नागरिक क्लवजस्ता समूह गठन गरी सोही अनुसार काम अगाढी बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
सोही अवसरमा वडा कार्यालयले रक्तदान समेत आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर रक्त सन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!