२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

तुलसीपुरका डिएसपी सिंह अपराधी गतिविधि गर्नेहरु माथि धमाधम कार्वाही गर्दै

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७


सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले माघ ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २२ बर्षीय जितबहादुर मल्ललाई कुटपिट गरेको आरोपमा तुलसीपुर ५ निवासी २० बर्षीय निराजन खड्का र सोही ठाउँका १८ बर्षीय रोशन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
मल्ल मामा घरबाट आउँदै गरेको अबस्थामा तुलसीपुर १२ सडकबाटोमा कुटपिट गरि फरार रहेका उनीहरुलाई विहीबार पक्राउ गरिएको हो । उनीहरुलाई बसपार्कबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ । मल्ललाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!