२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बिपत्तको बेला यसरी गरिन्छ नदीमा डुबेकाहरुको उद्धार

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७


महेन्द्र सिंह
बाँके तीन जना मानिस राप्ती नदीको बाढीमा फसेको सूचना आयो । जिल्ला विपद व्यवस्थापन समितिले तीन वटा सुरक्षा निकायलाई परिचालन ग¥यो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त टोली नदीमा पुग्दा दुई ठाउँमा तीन जना डुवानमा परिरहेका थिए । बोट लगेर उनीहरुको उद्धार गरियो । नदी किनारमा सकुशल ल्याइयो । घाइते भएकालाई रेडक्रसको टोलीले उपचार ग¥यो ।
त्यही बेला फेरि अर्को सूचना आयो, एक बालक नदीमा बेपत्ता भएका छन् । गोताखोर परिचालन गरियो । केहीबेरको खोजबिन पनि गोताखोरले बालकलाई भेटायो ।
यी सबै गतिविधि बाढी कृत्रिम घटना अभ्यास थियो । जिल्ला विपद व्यवस्थापन समितिले शुक्रबार राप्ती नदीको सिधनियामा गरेको थियो । बाढी आएमा डुबेकाको कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको थियो ।
नेपाली सेनाका जर्नेल सुरेश बानिया, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके जिल्लाका प्रहरी प्रमुख एसपी ओम राना, बाँके सशस्त्र प्रहरी प्रमुख एसपी दीपक अधिकारी, राष्ट्रिय अनुसन्धान, नेपालगञ्जका प्रमुख कमल भट्टराई, रेडक्रसका गोवद्र्धनसिंह सम्झनालगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितिमा बाढी कृत्रिम घटना अभ्यास गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले ठूलो बाढी आइहालेमा डुवानमा परेकाहरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरेको बताउनुभयो । विपत कुनै पनि बेला पर्न सक्ने भएकाले सुरक्षा निकायलाई तयारीमा अवस्था राख्न यस्ता अभ्यासहरु गरिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!