३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

प्रहरीको तलब मासिक ५० हजार पुर्याउन सरकारसंग माग

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

एबिसी संचार
काठमाडौं प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।
सांसद कुलप्रसाद साम्बा(कुशल)ले प्रदेशका प्रहरीको न्यूनतम तलब मासिक ५० हजार पुर्याउन प्रदेश सरकारलाई आग्रह गरे । ‘खान लगाउन नै समस्या भए प्रहरीले काम गर्न सक्दैनन्’ साम्बाले भने प्रहरीको तलब न्यूनतम ५० हजार बनाउनुपर्छ ।’ उनले महिलालाई प्रहरीमा प्राथमिकता दिनु पर्ने धारणा राखे । साम्बाले २० प्रतिशत महिला राख्ने प्रावधान रहेकोमा पुरुष र महिला बराबर हुने व्यवस्था गर्न माग गरे । सांसद प्रकाशप्रताप हाङ्माङ्ले प्रदेशमा ११ हजार मात्रै प्रहरी कायम नगरी कम्तीमा एक जिल्ला १ हजार प्रहरी हुने गरी १४ हजार प्रहरी दरवन्दी कायम गर्न माग गरे । हाङ्माङ्ले महिलाको सहभागिता बढाउन प्रहरी भर्ना गर्दा महिलालाई प्राथमिकता दिन आग्रह गरे ।
विधेयकको शैद्धान्तिक छलफलमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका छन् । कार्कीले महिला प्रहरीको संख्या बढाउने विषय राम्रो भएपनि लोक सेवा आयोगले निर्धारण गरेको कोटा अनुसार नै प्रदेशमा पनि प्रहरी भर्ना गर्नुपर्ने भएकाले संविधान र संघीय कानुनविपरित कोटा बढाउन नसकिने स्पष्ट पारे । कार्कीले प्रहरीले तलब बढाउने विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नरहेको बताए ।
प्रहरीको तलब, दज्र्यानी चिन्ह, हातहतियार, पोशाक र भत्ता संघीय सरकारको कार्यक्षत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले हस्तक्षेप गर्न नसक्ने कार्कीको भनाई छ । विधेयकको शैद्धान्तिक छलफलमा सांसदहरू खिनुलङ्वा लिम्बु, जयराम यादव, लक्षुमन तिवारी, लिला सुब्बालगायतले भाग लिएका थिए । नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

error: Content is protected !!