०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बाँकेमा एसपी राना आएदेखि ४५ करोड हिनामिना आरोपित अध्यक्ष चौधरी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

महेन्द्र सिंह
बाँके एसपी ओम बहादुर राना आएदेखि सहकारी बित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन् । ४५ करोड बढी हिनामिनाका प्रतिवादीमध्येका चौधरी केही महिनादेखि फरार रहेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
सहकारीमा ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । त्यसमध्येमा सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् । २७ जना अदालतमा हाजिर भएका थिए । सात जना फरार थिए । त्यसमध्येमा सञ्चालक समितिका अध्यक्ष चौधरी पक्राउ परेका छन् ।
सहकारी पीडितहरुले लगातार आन्दोलन गरेर दबाब बढाइरहेका थिए । लामो समयसम्म मिलाउने कोसिस गरेका चौधरी कुरा नमिल्ने देखेपछि फरार भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]