१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाली काङ्ग्रेसको बहुअरिमा १७ सदस्यीय वडा टोल समिति गठन

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

राहुल गुप्ता बिरगंज नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टाेल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि .म.न.पा.वार्ड न १४ काे सभापति सन्जय साहकाे अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लाेकतन्त्रकाे लागि कहि कसै सङ्ग सम्झौता नगरेकाेले काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापनकाल देखि रहिआएको बताए ।
कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल , नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भाेला प्रसाद कलवार,जि सदस्य रामबाबु कुर्मि, नेबि संघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,नेबि संघका पुर्ब सन्याेजक दिलिपराज कार्कि,नेबि संघ पर्साका कार्य बाहक अध्यक्ष बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष बिशेश्वर पटेल, जहुर अालम, शम्साह अन्सारी ,रामनारायण पटेल,अाबिद अन्सारी ,मेराज अालम लगायतकाे उपस्थिति रहेको थियो ।
साे कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी ,उप सभापति रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव साेयब अन्सारी ,काेषाध्यक्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टाेल समिति गठन गरिएको जिल्ला सचिब श्याम पटेलले पर्सा पोस्टलाई बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!