३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

भारतबाट फर्किनेहरु सबैको पीसीआर जाँच हुने

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

महेन्द्र सिंह बाँके ६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजाने, पहिला आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजिटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो ।
नेपालगञ्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गर्दछन् । नाकाबाट भित्रिने बित्तिकै त्यही पीसीआर गर्ने कि क्वारेन्टाइनमा लगेर पीसीआर गर्ने वा सम्बन्धित जिल्लामा पु¥याएर पीसीआर जाँच गर्ने तय भइनसकेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । नाकामा दुई हजारलाई पीसीआर जाँच गर्न पत्र आएको छ । तर, सामाग्री भने आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!