०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

भारतबाट फर्किनेहरु सबैको पीसीआर जाँच हुने

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

महेन्द्र सिंह बाँके ६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजाने, पहिला आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजिटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो ।
नेपालगञ्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गर्दछन् । नाकाबाट भित्रिने बित्तिकै त्यही पीसीआर गर्ने कि क्वारेन्टाइनमा लगेर पीसीआर गर्ने वा सम्बन्धित जिल्लामा पु¥याएर पीसीआर जाँच गर्ने तय भइनसकेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । नाकामा दुई हजारलाई पीसीआर जाँच गर्न पत्र आएको छ । तर, सामाग्री भने आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!