३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

ईन्स्पेक्टरःरिमाललाई लागु औषध मुद्वा मिलाई दिन भन्दै घुस रकम दिन खोज्ने दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

सागर थापा
दाङ लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्वा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई दिन भन्दै जवरजस्ती रकम दिन खोजेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री स्थायी ठेगाना भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!