०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

ईन्स्पेक्टरःरिमाललाई लागु औषध मुद्वा मिलाई दिन भन्दै घुस रकम दिन खोज्ने दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

सागर थापा
दाङ लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्वा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई दिन भन्दै जवरजस्ती रकम दिन खोजेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री स्थायी ठेगाना भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!