०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

रुकुमको सुनपसल चोरीमा संलग्न तीनजना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

मनोज डागी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज सार्वजनिक गरेको हो।
गत माघ ५ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले जाजरकोटको भेरी नगरपालिका -३ का शसिराम बि.क ,सोही नगरपालिकाका मोहन बि क र सल्यानको दार्मा -१ का कृष्ण बि.क पक्राउ परेका हुन् ।उनिहरु युवक नै भएपनी उमेर भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले घटनाका विषयमा निरन्तर निगरानी गरीरहेको अवस्थामा शंकास्पद अवस्थामा खोजतलास गर्ने क्रममा उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख (डिएसपी )ठग बहादुर केसीले जानकारी दिनुभयो ।
आरोपितले सुन पसल बाट ८ तोला सुन चोरी गरेको स्विकार गरेका छन् ।सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र पक्राउ परेका विरुद्ध डाँका चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!