२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुकुममा ज्यानमार्ने उद्योग मुद्धामा ४ अभियुक्त पक्राउ वडाअध्यक्ष फरार

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

मनोज डागी
रुकुम पश्चिम पानीको मुहानका बिषयमा बिवाद हुदाँ दुई गाउँले बिच भएको झडपको घटनामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का २४ बर्षिय जीवन बिक, ३५ बर्षिय बिर्ख ऐरी, २४ बर्षिय शसिराम बुढा र ३५ बर्षिय सुरेश बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन ।
पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गतको कसुर मुदा दर्ता भई अनुसन्धान अगाडि बढाइएको डिएसपी केसीले बताए । “घटनाका मुख्य आरोपी ४ जनालाई पक्राउ गरेका छौ,” डिएसपी केसीले भने , “घटनामा संलग्न वडाअध्यक्ष केशरमान बिक सहित अन्य फरार व्यक्तिहरुको खोजीकार्य भईरहेको छ, छिट्टै पक्राउ गछौ ।” प्रहरीका अनुसार, पक्राउ परेकाहरुको बयान, पीडितहरुको उजुरीको आधारमा घटनामा संलग्नहरुको खोजि कार्य भैरहेको छ ।
गत बैशाख २७ गतेका दिन आठबिसकोट नगरपालिका-३ को खदिमा सोहि वडाका तलिगाउँ र माथीगाउँ टोल बिच झडप भएको थियो । पानीको मुहानको लागि भवन निर्माणको विषयमा भएको झडपले राजनितिक रुप लिदा उक्त वडाका वडाध्यक्ष केशरमान विक समेतको समूहले तलिगाउँ टोलका स्थानीयलाई आक्रमण गरेपछि सुत्केरी महिला सहित ८ जना घाईते भएका थिए । स्थानीय प्रहरीले अवस्था नियन्त्रण गर्न सक्ने अवस्था नआएपछि घाईते मध्य ३ जनाको अवस्था गम्भिर भएको थियो भने घटनाका आरोेपिहरु त्यतिबेलै देखि फरार रहेका थिए ।
घटनामा परेर ४६ वर्षिय गोपाल बोहरा, २८ वर्षिय गणेश बोहरा र २९ वर्षियय मदन भण्डारी गम्भिर घाईते भएका थिए । थप उपचारको लागि जिल्ला बाहिर रिफर भएपछि उनीहरुको स्वास्थ्यमा सुधार आएको थियो । घाईते गोपाल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेद्धार भई पराजित भएका थिए ।
घटनामा परेर २८ बर्षिया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षका अनन्त बुढा, ६० बर्षका अमृत बोहरा र ४६ वर्षका मोहन बोहरा घाइते भएका थिए । यी घाइतेहरु वडाका तलिगाऊँका हुन भने अर्का घाईते शशिराम बुढा माथिगाउँ टोलमा हुन् । वडाध्यक्ष विकको समूहले माथीगाउँबाट घरेलु हातहतियार सहित ढुंगामुढा प्रहार गरेपछि स्थिति अनियन्त्रित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!