१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

बाँकेमा साइकल यात्रीलाई टिप्परले ठक्कर दिदा मृत्यु

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज देखि खजुरातर्फ जादै गरेको भे १ ख ३००३ नम्बरको टिप्परले ठक्कर दिंदा साइकलयात्री नेपालगञ्ज–११, भट्टीटोलका बुद्धसागर लखेरको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका लखेरको उपचारको क्रममा नर्सिङहोममा मृत्यु भएको थियो ।
आइतबार ९ बजे राती नन्दनीमिल  नजिक घटना भएको थियो । प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको […]

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]