२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

रुपन्देहीमा आईतबारदेखि सार्वजनिक यातायात सञ्चालन

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७


सिमा गुरुङ
रुपन्देहीमा आइतबारदेखि सार्वजनिक यातायातका बस सञ्चालनमा आएका छन् ।
लकडाउन सुरु भएयता बन्द भएका सार्वजनिक यातायात आज आइतबार देखि रुपन्देहीमा लुम्बिनी मेट्रो सिटी प्रालिले पहिलो पटक बस सञ्चालनमा ल्याएको हो ।
आइतबार बिहान बुटवलको गोल पार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकूलित बसहरू चल्न थालेको बताइएको छ ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी दैनिक ८ बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!