२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

रुकुममा नक्कली बिलबुक माेटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

मनाेज डाँगी पश्चिम रुकुम नक्कली बिल बुक बनाएर माेटरसाइकल चलाएपछि जिल्ला ट्राफिक कार्यालय रुकुमले एउटा माेटरसाइकल नियन्त्रणमा लिएको छ ।लु ४६ प ९६९९ नम्बरको १५० पल्सर बाइक लुम्बिनी यातायात कार्यालयमा दर्ता भएको र त्यहि नम्बरमा अर्को बिलबुक पत्ता लागेपछि आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले माेटरसाइकल नियन्त्रणमा लिएको हाे । केटिम डुक बाइक संका लागेर अनुसन्धान गर्दा बिलबुक नक्कली भेटिएको जिल्ला ट्राफिक कार्यालय पश्चिम रुकुमका कार्यालय प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए ।
बिल बुक छाेटेलाल सहन्निकाे नाममा रहेको , र बिल बुक बनाउने ब्यक्तिकाे खाेजि भैरहेको प्रहरीले जनाएको छ ।बाइक अर्कै ब्यक्तिले चलाएको पनि प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिम रुकुमले व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका सवारीसाधन हरुलाई धमाधम कार्वाही प्रकृया अगाडि बढाएको छ । दैनिक ट्राफिक चेकजाँचलाई समेत जिल्लामा कडाइ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!