२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

७५ हजार नक्कली भारतीय रुपैयाँ सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

एबिसी क्राईमबिट
झापामा ७५ हजार बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ भने पाँचसय भारु नोटसहित दुई जना पक्राउ परेका छन् । एक जना कनकाई नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी र अर्का एक जना नेपाल भारत सीमा क्षेत्रका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई खोटा चलनसम्बन्धी कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिले डेढ लाख नक्कली रुपैयाँ नोट रहेको बताएका छन् । सुन व्यवसायी मौसमा श्रेष्ठले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलीसकेको छैन । श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरव्यजी पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
यस अघि काठमाडौंमा ७ करोड नक्कली भारतीय नोटसहित २०७६ जेठ १० मा युनिस अन्सारी पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]