प्रकशित मिति : २९ असार २०७७, सोमबार १६:०२

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका भज्जीपुर्वाबाट लागूऔषध बरामद गरिएको छ । कालाबञ्जर विओपीबाट प्रहरी निरिक्षक गोरख भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति साढे १० बजेतिर डुडुवा गाउँपालिकाको वडा नम्बर ६ भज्जीपुर्वाबाट एक सय एमएलको वेलसिरेक्स २ सय १९ बोतल र एक सय एमएलको बायोरेक्स १६ बोतल गरी जम्मा २ सय ३५ बोतल लागूऔषध बरामद गरेको हो । प्रहरीलाई देख्ने वित्तिकै लागूऔषध ल्याउने ब्यक्ति सामान छोडेर भागेका थिए । लागूऔषध भने नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएको लागूऔषधको बजारको अन्दाजी मूल्य ७० हजार रहेको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com