३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार लेखेको कारण बाराका पत्रकार माथी दुर्व्यवहार

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

राहुल गुप्ता
बारामा समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माग गरेको छ । बाराको सिमरामा रहेर संचारकर्ममा क्रियाशिल पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको छ।
पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेख्नु भएको थियो । समाचार लेखेको बिषयलाई लिएर श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठले पत्रकार पोख्रेललाई धम्क्याउँदै दुर्व्यवहार गरेका छन्।जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, ठेकदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शीर्षकको समाचार लेखेपछि पत्रकार पोखरेललाई श्रेष्ठले आगामी दिनमा नदिजन्य उत्खननको समाचार नलेख्न धम्की दिएका हुन्।
ठेकदार श्रेष्ठले माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर नगरपालिकालाई झुक्याएका थिए। पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उत्खनन् गरिरहेका ठेकेदारले पनि चैत मसान्तमा बुझाउनुपर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेख्नु भएको थियो।
श्रेष्ठले पत्रकार पोख्रेललाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा दुर्व्यवहार र गालीगलौज गरेका थिए । उनको यो हर्कत प्रेस स्वतन्त्रता विरोधी काम हो, सञ्चारकर्मी पोखरेलमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ महासंघको विज्ञप्तिमा उल्लेख छ।महासंघले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग गरेको छ।
बारामा नदिजन्य निर्माण सामग्री उत्खनन् गरिरहेका ठेकेदारहरूले प्रारम्भिक र विस्तृत वातावरणीय प्रभाव मुल्यांकन विपरित जथाभावी उत्खनन् गरिरहेका छन्। उनीहरूले राजस्व बापत बुझाउनुपर्ने करोडौं रकम बुझाउन समेत आलटाल गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]