३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

समाचार लेखेको भरमा पत्रकारलाई पक्राउ गर्न मिल्दैन राष्ट्रिय अनलाईन संघ अध्यक्ष:श्रेष्ठ

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ले पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने बताएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ल का अध्यक्ष उदय सिंह श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले लाइभ समाचार प्रशारणको आधारमा पत्रकार विरूद्द उजुरी लिनु र पत्रकारलाई मानसिक तनाव दिनु चौथो अंग माथिको हस्तक्षेप भएको बताउनुभएकाृ छ ।
श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा “ नेपाल प्रेस काउन्सिलका कावा अध्यÞक्ष किशोर श्रेष्ठ ज्यू र नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट ज्यूको अभिव्यक्ति सार्वजनिक भएको अवस्थामा पनि जिल्ला प्रहरी कार्यालय बाँकेले लाइभ समाचार प्रशारणको आधारमा पत्रकार विरूद्द उजुरी लिनु र पत्रकारलाई मानसिक तनाव दिनु गैर न्यायीक हो” भनिएको छ ।
संविधानबाट पाएको अधिकार बमोजिम पत्रकारले समाचार प्रशारण गर्ने सुनिश्चितता भएको अवस्थामा बाँके प्रहरीले प्रशारण भएको समाचारकै आधारमा पत्रकार बिरूद्द उजुरी लिई कारवाही अघि बढाएकोले राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को ध्यानाकर्षण भएको छ बिज्ञप्तिमा भनिएको छ ।
अनलाइन मिडियामा प्रकाशित र प्रशारित समाचारप्रति कोही कसैलाई चित्त बुझ्दैन भने नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराउने र काउन्सिलको फैसलाबाट पनि चित्त नबुझे कानुनी बाटोमा जान सकिन्छ भन्दै श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा समाचारकै आधारमा पत्रकारबिरूद्द प्रहरीले कोही कतैबाट उजुरी दर्ता लगायत कार्य तत्काल बन्द गर्न राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को जोडदार माग छ भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!