२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौंमा सवारी पासको दुरुपयोग गर्दै यात्रु ओसारपोसार गर्ने नागढुंगामा पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएश्चात दरैलाई पक्राउ गरेको हो । साथै यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको उक्त प्रभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]